अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २८ गते
कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् ।
काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका हुन् ।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए ।
विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए । तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए ।
यससँगै काठमाडौं उपत्यकाका मुख्य शक्तिपीठहरुमा समेत नियमित पूजा आजाबाहेकका सबै गतिविधि बन्द गरिएको छ ।