अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक ११ गते
भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणे कात्तिक १९ गते काठमाडौं आउने भएका छन्।
भारतीय सेनाले तय गरेको मिति अनुसार नरभानेले यहि नोभेम्बर ४ तारिखबाट ३ दिने नेपाल भ्रमण गर्नुहुने भएको हो ।
यसअघि नेपाली सेनाले भातीय प्रमुख प्रमुख नरभानेलाई नेपाल भ्रमणका निमन्त्राणा गर्ने तयारी भइरहेको बताएको थियो । बिगत झैँ नेपाल र भारत दुवै देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने प्रचलनलाई निरन्तरता दिन भारतका सेनाध्यक्ष नरभानेलाई नेपाल भ्रमणमा आउन लाग्नुभएको हो । यसअघि नै नेपाल भ्रमण हुनुपर्नेमा कोरोना महामारी र नेपाल भारत सीमा बिवादका कारण रोकिएको थियो ।
नरभानेले नेपाल भारत सीमा बिवाद रहेको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत क्षेत्रका बिषयमा विवादास्पद अभिव्यक्ति दिए पनि उनको दुबै देशमा चर्को आलोचना भएको थियो ।