अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, कार्तिक ११ गते
पाकिस्तानको पेशावर सहरस्थित एक मस्जिदमा बम विस्फोट हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ ।
यस विस्फोटमा ७ जनाको मृत्यु भएको छ र ७० भन्दा बढी बच्चाहरु घाइते भएका छन् ।उनीहरुलाई अस्पतालमा भर्ना गरिएको छ। ती मध्ये धेरैजना नाजुक अवस्थामा छन्।
पाकिस्तानका एआईजी साफक्वत मलिकले पाकिस्तानको एक्सप्रेस ट्रूयबिनलाई बताए अनुसार आत्मघाती बम हमलामा ५ केजीको विस्फोटक पदार्थको प्रयोग भएको बताएका छन् ।

पाख्तूनख्वाका प्रदेशका स्वास्थ्य एवं अर्थमन्त्री तमूर खान जाग्राले घाइतेहरुको उपचारमा कुनै कमी हुन नदिने बताउँदै घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । उनले प्रारम्भीक अनुसन्धानले घटनामा विस्फोटक पदार्थहरुको प्रयोग भएको देखाएको पनि जनाएका छन् ।