काठमाडौं उपत्यकामा आज थपिए १,६२५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, कार्तिक १३ गते

काठमाडौं उपत्यकामा आज थप १ हजार ६ सय १५ संक्रमित फेला परेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय १५ संक्रमित थपिएका हुन् । महिलाको संख्या ७ सय ४ र पुरुषको संख्या ९ सय ११ रहेको छ ।

काठमाडौंमा ५९ हजार २ सय ३४ जना, ललितपुरमा ८ हजार ३ सय ५० , भक्तपुरमा ५ हजार ५ सय १९ जना संक्रमित थपिएका छन् ।

योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या ७३ हजार १ सय ३ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *