६ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा पर्सामा एक व्यक्ति पक्राउ

अनलाईन न्युजपाटी बिरगंज,समाचारदाता,वैशाख ३  गते।

६ वर्षीया बालिकाको बलात्कार गरेको आरोपमा पर्सामा एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ का पलट चौधरी रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

६ वर्षीया बालिका खेल्न आएको बेरा आफू बस्दै आएको कोठाभित्र लगी जबरजस्ती करणी गरेको जाहेरी पश्चात चौधरीलाई पक्राउ गरिएको हो ।

शुक्रवार प्रहरीमा जाहेरी परेपछि चौधरीलाई उनकै घरबाट करिब ११ बजे नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *