अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ६ गते।
एसइईको नतिजा साउन १० गतेभित्र राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गर्ने तयारी गरेको छ ।
बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसइई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
उनले सबै विवरण रुजु गरेर अन्तिम पटक पुनः जाँच गरेपछि आउँदो साताको सुरुमै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको बताए । स्थानीय तहको निर्वाचनका कारणले पनि केही दिन नतिजा पर धकेलिएको उनको भनाइ छ ।