महोत्तरीमा आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजो पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन ६ गते।

महोत्तरीमा आफ्नै काकाको हत्या गरेको अभियोगमा भतिजो पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका वडा नं. ५ सहोड़वाका ४५ वर्षीय रामनाथ दास रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

घटनापछि फरार रहेका रामनाथलाई जिल्ला प्रहरी कार्यालय महोत्तरी र इलाका प्रहरी कार्यालय सहोडवाको संयुक्त टोलीले सहोड़वा चाँदनी चोकबाटै पक्राउ गरेको थियो।

रामनाथ यस अघि पनि हत्या आरोपमा सजाय काटिसकेका छन् । करिब ३० वर्षअघि रामनाथले साविक सहोडवा गाविस–५ का रामविलास दास तत्मालाई कुटपिट गरी हत्या गरेको पछि कारागारमा थिए ।

रामनाथलाई ५ साउनकै राति पक्राउ गरेको प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *