नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज १९ गते।

नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ ।

रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको त्रिवेणीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षकले जानकारी दिए ।

उहाँका अनुसार बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्यु सेक पुगेको छ ।

पानी पर्ने क्रम जारी रहेकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रुपमा रहनसमेत उहाँले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *