मेक्सिकोमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जना मेयरसहित १८ जनाको मृत्यु

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज १९ गते।

मेक्सिकोमा केही बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक जना मेयरसहित १८ जनाको मृत्यु भएको छ ।

बुधबार अपराह्न मेक्सिकोको सेन मिगुएल तोतोपेन शहरका मेयर कोनरेडो मिगुएल अलमेडासहित १८ जनाको गोली लागेर मृत्यु भएको बिबिसीले जनाएको छ ।

केही रिपोर्टहरूका अनुसार टाउन हलमा हमला गर्नु अघि मेयरका बुबालाई आक्रमणकारीहरूले उनको घरमा नै मारेका थिए। यससँगै केही रिपोर्टका अनुसार घटना हुनुअघि सुरक्षाकर्मी भित्र पस्न नसकोस् भनेर सहर जोड्ने सडकमा ठूला सवारीसाधन पार्किङ गरिएको थियो । मेयर कोनरेडो मेन्डोजाको पार्टी पीआरडीले आक्रमणको निन्दा गर्दै यसलाई कायरतापूर्ण हत्या भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *