अनलाईन न्युजपाटी ,बारा,समाचारदाता,असोज १९ गते।
बारामा बस दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको शव सनाखत भएको छ ।
इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, बाराका अनुसार मृतकमा कलैया उपमहानगरपालिका–२ निवासी लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका–५ निवासी नन्दकुमारी पुडासैनी, कालिका नगरपालिका निवासी सफल कँडेल, वीरगञ्ज महानगरपालिका–१६ बस्ने सोमप्रसाद चौरसिया, सोही ठाउँ निवासी मन्नीदेवी चौरसिया छन् ।
यस्तै, हेटौँडा उपमहानगरपालिका–७ निवासी शुभलक्ष्मी श्रेष्ठ, सोही स्थान निवासी स्वस्तिका श्रेष्ठ, कलैया उपमहानगरपालिका–१० निवासी नाजलिन खातुन, जीतपुर सिमरा उपमहानगरपालिका–२२ निवासी सुरेश विक, कलैया उपमहानगरपालिका–१० निवासी इताजत अन्सारी र ओखलढुंगा निवासी लालबहादुर बोगटीको पनि दुर्घटनामा मृत्यु भएको छ ।
चार मृतकको सनाखत हुन अझै बाँकी रहेको प्रहरीले जनाएको छ ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो ।