अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २२ गते।
आइपिएलमा गएराति भएको खेलमा लखनउले सनराइजर्स हैदरावादलाई १२ रनले पराजित गरेको हो ।
लखनउले दिएको १७० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १५७ रन मात्र बनायो ।
त्यसअघि मुम्बईमा पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६९ रन बनाएको थियो । तीन खेलमध्ये दुईमा जित निकालेको लखनउ चार अङ्कका साथ पाँचौं स्थानमा छ ।
दुई खेलमा अंक जोड्न नसेकोको हैदरावाद पुछारमा छ ।