संकटग्रस्त श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा दिए राजीनामा

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,चैत्र २१ गते।

आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका सम्पूर्ण मन्त्रीहरुले सामूहिक रूपमा राजीनामा दिएका छन्  ।

प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे दाजुभाइ हुन् ।

केही मन्त्रीले आफूले राजीनामा दिएको कुरा सामाजिक सञ्जालमा पनि उल्लेख गरेका छन्। राजीनामा दिनेहरूमा राजापाक्षे परिवारका तीन जना मन्त्री पनि छन्।

राजापाक्षे सरकारले श्रीलंकाको अर्थतन्त्रलाई राम्ररी चलाउन नसकेको भन्दै विपक्षी दल र प्रदर्शनकारीले नयाँ अन्तरिम सरकार बनाउनु पर्ने माग गरिरहेका छन्।

सबै मन्त्रीहरूले राजीनामा दिएपछि अब राष्ट्रपति गोटवायाले नयाँ अनुहारलाई मन्त्री बनाउने अपेक्षा गरिएको छ।

मन्त्रीहरूले दिएको राजीनामाबारे प्रधानमन्त्री महिन्दाले सोमबार राष्ट्रपति गोटवायासँग छलफल गर्दैछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *