अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,वैशाख ८ गते।
भारतको राजधानी नयाँ दिल्लीमा फेरि मास्क अनिवार्य गरिएको छ ।
मास्क नलगाउनेलाई ५०० भारु जरिवाना गरिने दिल्ली विपद् व्यवस्थापन प्राधिकरण (डीडीएमए) ले जनाएको छ ।
दैनिक रुपमा कोभिड संक्रमित बढ्न थालेपछि मास्क अनिवार्य गरिएको हो।
तर, स्कुलहरू बन्द गर्ने र सामाजिक जमघटमा भने प्रतिबन्ध लगाइएको छैन् ।