अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २४ गते।
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली लागेर मृत्यु भएको छ ।
एक कार्यक्रममा भाषण गरिरहेको अवस्थामा सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय एक पुरुषले उनीमाथि गोली प्रहार गरेका थिए ।
भाषण गरिरहेका शिन्जो आबेलाई दुई पटक गोली हानिएको थियो। दोस्रो गोली उनको गर्दनमा लागेको थियो।
गोली लागेपछि बेहोस भएका उनको उपचारकै क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
आबेले सन् २०२० मा प्रधानमन्त्री पद छाडेका थिए ।