अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार २४ गते।
अभिनेता राज बब्बरलाई लखनउको सांसद–विधायक अदालतले बिहीबार दुई वर्षको जेल सजाय सुनाएको छ ।
राज बब्बरलाई २६ वर्ष पुरानो मुद्दामा अदालतले सजाय सुनाएको हो । तर, यस मुद्दामा अदालतले उनलाई अन्तरिम जमानत पनि दिएको छ । अब उनले राहत पाएको ३० दिनभित्र माथिल्लो अदालत जानुपर्नेछ ।