अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,पुस १९ गते।
जनकपुरधाम उप-महानगरपालिकाले जाडो बढ्न थालेपछि जनकपुरका सबै विद्यालयमा बिदाको सूचना जारी गरेका छन् ।
जनकपुरधाम उप-महानगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ ।
दिनभरि नै बाक्लो हुस्सु लागेर स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको हो ।
जनकपुरधाम उप-महानगरपालिकाले पुस २० गतेदेखि पुस २२ गतेसम्मको बिदा सूचना जारी गरिसकेका छन् ।
उपमहानगरका शिक्ष युवा तथा खेलकुद शाखाका बरिष्ठ उपसचिव मिहिलाल यादवले मंगलबार एक सूचना जारी गर्दै जानकारी गराएका हुन् ।उनका अनुसार सो तीन दिन बिदा शैक्षिक क्यालेण्डरमा उल्लेखित पुस २७ देखि माघ ३ गतेसम्मको जाडो विदावाट कट्टा गरिने छ ।