अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १९ गते।
राहदानी विभागले पुस १७ गतेदेखि नै सिष्टममा समस्या आएको भन्दै राहदानी छपाइ र वितरण कार्य रोकेको छ ।
यो समस्या समाधानका लागि निरन्तर कार्य गरिरहेको र सिस्टम पूर्णरुपमा नियमित हुन केही समय लाग्ने विभागका निर्देशक दुरपदा सापकोटाले जानकारी दिएइ। अर्को सूचना जारी नहुँदासम्म आजदेखि राहदानी लिन नआउन विभागले आग्रह गरेको छ ।
राहदानी सेवा अवरुद्ध भएपछि विभागले सेवाग्राहीसँग क्षमा मागेको छ ।