प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज निर्देशनात्मक सम्बोधन गर्ने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १९ गते।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज  निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले सचिवका कार्यविवरण सुनिसकेपछि आज  आवश्यक निर्देशन दिनेछन् ।

पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका दाहालले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए ।

विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार  पहिलो चरणमा सोमबार प्रधानमन्त्रीले सचिवहरुसँग छलफल गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *