नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज दुई खेलहरू हुँदै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २० गते।

नेपाल टी-ट्वान्टी लिग क्रिकेटमा आज दुई खेलहरू हुँदैछन् ।

पहिलो खेलमा लुम्बिनी अल स्टार र काठमाडौँ नाईट्सबीच खेल हुँदैछ । खेल बिहान ९ बजेबाट सुरु हुनेछ।

सात खेल खेलेर ४ जित तथा ३ हार हात पारेर ८ अंक सहित काठमाडौँ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ।

आठ खेलमा सात जित हात पारेको लुम्बिनी १४ अंक सहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौँलाई ३५ रनले हराएको थियो ।

आज नै हुने दोस्रो खेलमा फार वेस्ट युनाईटेड र विराटनगर सुपर किंग्सबीच खेल हुदैछ । खेल दिउसो १ बजे बाट सुरु हुनेछ।

सात खेलमा दुई जित पाँच हार सहित विराटनगर ४ अंकका साथ अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा रहेको छ । छ खेलमा एक जित हात पारेको फार वेस्ट २ अंकका साथ अंक तालिकाको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *