आजको मौसम कस्तो रहला ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस २० गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ।

आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *