इजरायलमा मारिएका धनुषाका आनन्द साहको परिवारलाई पाँच लाख

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज २३ गते।

इजरायलमा मारिएका धनुषाका आनन्द साहको परिवारलाई मधेश प्रदेश सरकारले पाँच लाख रुपैयाँ राहत दिने भएको छ ।

धनुषाको लक्ष्मीनिया गाउँपालिका–४ सपहीका २२ वर्षीय आनन्द साहको परिवारलाई राहतस्वरुप पाँच लाख दिने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताए ।

यादवले जारी गरेको विज्ञप्तिमा इजरायलमा ‘लर्न एण्ड अर्न’का लागि गएका साह समेत १० जना नेपालीको मृत्यु भएकोमा दुख व्यक्त गरेका छन् । इजरायल पुगेको २६ दिनमा नै प्यालेष्टाइनी आक्रमणमा परी ज्यान गुमाएका साहको आत्माको चिरशान्तिका लागि कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना मुख्यमन्त्री यादवले प्रकट गरेका छन् । असह्य पीडाको घडीमा प्रदेश सरकारको सहानुभूति र सद् भाव साहपरिवारसित रहेको उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *