अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक २९ गते।
मिथिलाञ्चल सहित देशभरमा आज भाइटीका पर्व धुमधाम तथा हर्षोल्लासका साथ मनाईदैछ ।
आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परानुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
मिथिलाञ्चल क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई चामलको पिठोले अष्टदल सहितको अरिपन बनाएर काठको पिढामा राखेर चावलको लेदो तथा रातो टिका हातमा लगाई पान, सुपारी, मखान, द्रव्य राखेर मैथिली भाषामा मन्त्र उच्चारण गरी ३ पटक पूजा गर्ने चलन रहेको छ ।
खास गरेर हातको पूजा गर्दा उच्चार गरिने मन्त्रमा दिदीबहिनीले दाजुभाईको दीर्घायुको कामना गर्दछन् । पूँजा सकिएपछि दाजुभाइलाई मिठाई लगायत परिकार खुवाउने चलन छ । दाजूभाईले पनि आफ्नो गच्छ अनुसारको उपहार तथा दान दिने चलन रहेको छ ।