अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,पुस २६ गते।
इन्डोनेसियाको मालुकुमा ७.७ म्याग्निच्युटको भूकम्प गएको छ ।
युरोपियन मेडिटेरेनियम सिस्मोलोजिकल सेन्टरका अनुसार मंगलबार बिहान इन्डोनेसियाको टनिम्बर क्षेत्रमा ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।
यस भूकम्पसँगै सुनामीको चेतावनी पनि जारी गरिएको छ ।
यो भूकम्पले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।