गुल्मीमा पहिरो जाँदा एकजनाको मृत्यु

अनलाईन न्युजपाटी,बुटवल, समाचारदाता,असार १९  गते।

गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरो जाँदा एकजनाको मृत्यु भएको  छ । बिहीबार राति ११ बजेदेखि आएको वर्षाले पहिरो जाँदा मुसिकोट  वडा नम्बर २ का भागीरथ घिमिरे पुरिएका हुन्।

वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार राति गएको पहिरोमा अन्दाजी ६० बर्षका घिमिरे पुरिएका हुन्। ढाँडको कालिका निमाविको भवन पहिरोले भत्काएको छ ।

अविरल वर्षासँगै आएको पहिरोका कारण बाटाघाटा अवरुद्ध छन् । बाटो अवरुद्ध हुँदा आवत–जावत गर्न कठिनाइ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *