अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १७ गते।
आज पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ ।
नेपालमा ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ४३ जनाको कोरानोका कारण मृत्यु भएको छ ।