अनलाईन न्युजपाटी,ऐजेंसी,समाचारदाता, फाल्गुन ५ गते।
बलिउडका चर्चित नायक सलमान खान वैशाख ३ गते नेपाल आउने भएका छन् ।
सलमान सहित नेपाल आउने टोलीमा अभिनेत्री सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, कोरोयोग्राफर प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा लगायतका कलाकार रहेका छन् । दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहितको टोली नेपाल आउन लागेको हो ।
१० वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेर हालसम्मकै सबैभन्दा ठूलो सांगीतिक कार्यक्रम गर्ने लाजिम्पाटमा रहेको ओडीसी इन्टरटेनमेन्टले सलमानसहितका बलिउड कलाकारलाई काठमाडौंमा ल्याउन लागेको बताइएको छ ।