दलित समुदायलाई सचेत गर्न लहान २४ मा सचेतता कार्यक्रम सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा  समाचारदाता, वैशाख ६ गते।

चुनावलाई लक्षित गरेर दलित संघर्ष समितिद्वारा लहान नगरपालिका वाडा नम्बर २४ मा सचेतना कार्यक्रम सम्पन्न गरेको छ्। निर्वाचन आयोगले बैशाख ३० गते  हुने स्थानीय निर्वाचनको समय तोकिएकोले दलित संघर्ष समिति लहानले एक बृहत कार्यक्रमको आयोजना गरी सम्पुर्ण दलितहरुलाई एकजुट हुन् उक्त कार्यक्रमको आयोजना गरेका थिए।

विभिन्न राजनिती दलका ब्यक्तीहरुले गरिब दलितहरुलाई भोट् बैंकको रूपमा चिनिने गरेका छन्।निर्वाचनको समय नजिकिदै जादा दलित समुदायमा मासु दारु/रक्सी र पैसा बाडेर विभिन्न प्रलोभनमा पार्दै आफनो राजनिती स्वार्थ पुरा गर्न नेताहरुले दलित समुदाय केन्द्रित भएका छन्।अब दलित समुदाय मासु र दारुलाई बहिष्कार गर्ने छन् बाडन आउने राजनिती दललाई खबरदारी समेत गरीएका दलित अगुवा राम गणेश दासले बताए।

राजनीति दलका प्रतिनिधिहरुले दलित समुदाय लाई हेपेर गुलामीको कर्ण बनाएको छ्। हरेक राजनिती पार्टीका नारा जुलुसहरुमा दलित समुदायलाई प्रयोग गर्ने गरिन्छ। राजनिती  निकटता ल्याउन दलहरुले दलित बस्तीलाई राजनिती अखाडा बनाउने गरीएका छन्।  निर्वाचनमा दलित समुदाय प्रलोभनमा नपर्ने उनले जोड दिएका थिए।

तराई मधेसमा चुनावी शरगर्मी छाएको छ। राजनीति दलका नेताहरुले गाउँ केन्द्रित भएका छन्। दलित बस्तीहरुमा नेताहरुले दिनचर्या बिताउने गरीन्छ।संयुक्त दलित संघर्ष  समितिका लहान नगर अध्यक्ष मनोज पासमानका अनुसार नेताहरु चुनावमा छुवाछूतको कुरा गर्दैन।

दलितकै भोट् लिएर चुनाव जितेर गए पछि केहि दिन मै नेताहरुको मनोबल फेरीन्छ। आफ्नो चुनावी एजेन्डाहरु बिर्सिन्छ, छुवाछूत सुरुवात हुने गरेको छ्। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य दिनेश्वर गुप्ता,दलित अगुवा राम गणेश दास,रमेन मंण्डल,भोगेन्द्र पासमान,महिला अधिकारकर्मी रिकमा बिश्वकर्मा,लगन लाल पासमान,राम बिहारी दास,सत्यनारायण साफी , चन्दो देवी पासवान,सरिता सदाय,लक्ष्मण सदाय लगायत अतिथिहरुको उपस्थिति रहेको थियो। खबरदारीको लागी लहान नगरपालिकाको २४ वाटा वाडामा सचेतता कार्यक्रम गर्ने निर्णय गरेका छन।

अब दलित समुदाय शिक्षित तिर उकासिएको छ्। बोल बला र आफुलाई जिमिदार र ठुलो नेता भनाउनेकोहरुलाई दलित समुदायले लहानमा बहिष्कार गर्ने बताए। आउने निर्वाचनमा सम्पुर्ण दलित एक जुट हुन् दलित संघर्ष समिति लहानले एक दिने सचेतना तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको दलित अगुवा भोगेन्द्र पासमानले जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *