अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १७ गते।
पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई १८६ रनको लक्ष्य दिएको छ ।
पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १८५ रन बनायो ।
पाकिस्तानका लागि इफ्तिकर अहमद र सादब खानले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका अहमदले ५१ रन बनाए । त्यस्तै २२ बल खेलेका खानले ५२ रन बनाए । उनले २० बलमा अर्धशतक बनाएका हुन् ।
मोहम्द हरिस र मोहम्द नवाजले २८–२८ रन बनाए । बलिङतर्फ दक्षिण अफ्रिकाका लागि नोर्कीयाले चार विकेट लिए ।