सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,फागुन २१ गते।

सुदूर पश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् ।

त्यसैका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक बोलाइएको छ ।

एमालेका तर्फबाट राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा काँग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

तर माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश संसदीय दलले पनि यथास्थितिमा मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *