आज थपिए ७६ जना कोरोना संक्रमित, २६ जना कोरोना संक्रमणमुक्त

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,वैशाख २३ गते।

आज पछिल्लो २४ घण्टामा ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५५ जनाको पीसीआर परीक्षणमा १ जना र १५४८ जनाको एन्टिजेन परीक्षणमा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २६ जना निको भएका छन् । हाल देशभर कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या १३७ रहेको मन्त्रालयले  जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *