अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असार १७ गते।
गर्मी र बर्खायाम बढेसँगै तराईमा सर्पदंशबाट बच्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले अहिलेको मौसममा सर्पको डर बढी नै हुने भएकाले विशेष सावधानी अपनाउन सुझाव दिनुभएको छ ।
राति हिँड्नुपरे टर्च लाइट लिएर हिँड्न, जुत्ता वा गमबुट लगाउन, खुट्टा राम्ररी छोप्ने बाक्लो पाइन्ट लगाउन, घर वरपरको घाँस झारपात काटेर सफा राख्न एवं जमिनका दुला टाल्न उहाँको आग्रह छ ।
यस्तै पराल, दाउरा आदि लिन जाँदा होसियारी अपनाउन, सुत्नुअघि ओछ्यान, खाटमुनि र वरपर राम्ररी हेर्न, सधैँ झुल टाँगेर सुत्न मन्त्रालयको सुझाव छ ।